» » प्रेस फोरमबाट उपाध्यक्ष सुकदेव निष्काशित


काठमाडौ कात्तिक ४ गते । संघीय प्रेस फोरम नेपाल, केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष सुकदेव चामलिङ राईलाई संगठनबाट निष्काशन गरेको छ ।

प्रेस फोरमले एक विज्ञप्ति जारी गरी चामलिङ्गले संगठनको हित विपरित कार्य गरेको भन्दै उपाध्यक्ष पदबाट निष्काषण गरेको फोरमले जनाएको छ ।

संगठनको विधान र प्रचलित अभ्यासलाई अनुसरण नगरेको ठहर गर्दै प्रेस फोरमको पदाधिकारीसहितको उपत्यकामा उपलब्ध केन्द्रीय तदर्थ समितिका सदस्यहरूको उपस्थितीमा मिति २०७३ कात्तिक ४ गते बसिएको बैठकले संघीय प्रेस फोरम नेपालको विधान–२०१५ को परिच्छेद–७ को दफा ३५ (क) बमोजिम अनुशासन उल्लङ्घन गरेको आधारमा निजलाई उपाध्यक्ष पदबाट मुक्त तथा निष्कासन गरिएको जनाएको छ ।

राईले अब उपरान्त गर्ने सम्पूर्ण कार्यहरू संगठनसँग सम्बन्धित नभई व्यक्तिगत हुने भएकोले संगठन कुनै जिम्मेवार नहुने समेत विज्ञप्तिमार्फत जनाएको छ ।
संगठनसँग कुनै परामर्श नै नगरी पछिल्लो समय स्वैच्छिक रुपले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा प्रेस फोरमको उपाध्यक्षबाट राजीनामा गरेको चामलिङमाथि आरोप लगाएको छ ।
 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..