» » दुईको मृत्यु


सिरहा, कात्तिक १० गते । सिरहा, कर्जन्हा–८ स्थित सडकमा गए राति हाइलेक्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ना१ज ५०१० नंको हाइलेक्स गाडीले स७प ५०५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा, कल्याणपुर कालाबन्जर–५ निवासी १८ वर्षीय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीयवासी २१ वर्षीय मुकेशकुमार शर्माको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै मङ्गलबार साँझ सिरहा, कृष्णपुर–३ मा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीयवासी कुमार दासकी पाँचवर्षीया छोरी सुमिताकुमारीको मृत्यु भएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..