» » घुम्टोमा बसेका महिलाहरु खेतीपातीमा



धनवीर महतो
महोत्तरी, कात्र्तिक १ गते । घुम्टोमा बसि अरुको साहारामा बस्ने मधेशी समुदायका महिलाहरुको लागि महोत्तरी लक्ष्मिनियाँका महिलाहरु खेतीपातीबाट मगन्य आम्दानी गरिउदाहरणीय काम गरेका छन ।

लक्ष्मिानियाँ ७ र ९ का दर्जनौ महिलाहरु हिमजुली तरकारी समिती नामक समुहमा आवद्ध भई  प्रति महिना  हजारौ रुपैयाँँ आम्दानी गर्न सफल भएका हुन ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित लक्ष्मिनियाँ गाविस वार्ड नं. ७ र ९ का दर्जनौ महिलाहरुले खेतीपाती सम्बन्धि हरेक कामकाज आफैले गर्दै आएका छन । पछिल्लो समयमा सो समिती गठन भएसँगै उनीहरु तरकारी खेतीबाट मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन ।

वि. सं. २०७२ सालको अन्त्यतिर युकेएआईडी तथा एडीआरयुके नामक संस्थाको आर्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल वर्दिवासको सहयोगमा एक जना अध्यक्ष वाहेक सम्पुर्ण सदस्यहरु महिलाहरुलाई सहभागी गराई २२ सदस्यीय हिजमुली तरकारी समिती गठन गरेका थिए ।

उनीहरु त्यस समुहमा आवद्ध भई आफनै खेतमा विभिन्न किसिमका बेमौसमी तथा सिजनली तरकारी बाली लगाएर बर्षभरि नै घरको कामकाज सँगै तरकारी खेतीबाट मगन्य आम्दानी गर्न सफल भएका हुन ।

घरको आर्थिक अवस्था कमजोर रहेकोले उनीहरु श्रीमान काम विशेषले बाहिर रहेको समयमा उनीहरु स्वयम दिनरात मिहीनेत गरि वेमौसमी तथा सिजनली तरकारी खेती गर्दै आएका छन । ७ दिने सामुहिक रुपमा तालिम लिएका उनीहरु मासिक रुपमा एक सयका दरले रकम जम्मा गर्दै वचत गर्ने वानी बसालेका हुन । समयानुकुल आफुहरु घरको हरेक काम गरि वालवच्चालाई विद्यालय पठाएपछि उनीहरु दिनभरि टन्टलापुर घाममा तरकारी संरक्षण तथा उत्पादन भएको तरकारीलाई बजार व्यवस्थापन कार्यमा व्यस्त हुने गरेको समितीका सदस्य मञ्जुदेवीले बताईन ।

स्थानियस्तरमा सुलभ रुपमा सिचाई, विद्युत तथा बजारको अभावमै तरकारी खेतीबाट मासिक रुपमा तरकारी खेतीबाट १० देखि १५ हजारसम्म आम्दानी गर्दै आएका मञ्जुले बताईन ।

७ दिने स्थानिय एक संस्थाले सामुहिक रुपमा पाईएको ज्ञानको आधार बाहेक कृषि सम्बन्धि कहिकतैबाट तालिम लिन नपाएको समितीका सचिव सुनिता कुमारी महतोले जानकारी दिईन ।

समितीमा आवद्ध सदस्यहरुले मासिक रुपमा एक सयका दरले कोषमा रकम जम्मा गर्दै आएको सो समितीको कोषमा हाल ५ हजार ५ सय रुपैयाँ रकम बचत गर्न सफल भएको समितीकी कोषाध्यक्ष रामतोलन देवीले बताईन ।

यस समितीलाई सहयोग गर्नका लागि आफुले विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदा समेत कहिकतैबाट सहयोग नभेटाएको समितीका अध्यक्ष रामचन्द्र कुशवाहाले बताउनुभयो । यस क्षेत्रमा सिचाईको अभाव हुनुको साथै उचित वजार व्यवस्थापन हुन नसकेकोले आफुहरुलाई तरकारी खेती लगाउन तथा उत्पादन भएको तरकारी विक्री गर्न कठिनाई भएको अध्यक्ष कुशवाहाले जानकारी गराउनुभयो ।

 खानेपानीको लागि धौ धौ पर्ने सो क्षेत्रमा तरकारीको विउ विजन जोगाउनको लागि टाउकोमा पानी वोकेर खेतसम्म पु¥याउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाई रहेको छ ।

हिमजुली तरकारी समिती गरेको प्रशंसनीय कार्य रहेको उल्लेख गर्दै कृषि सेवा केन्द्र गौशालाका अधिकृत सुर्य नारायण साहले कृषि समुह गठन गरि विभिन्न किसिमका कार्यक्रमहरु ऋगाडि बढनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

पुरानो तरिकाबाट तरकारी खेती गर्ने सो समितीलाई वैज्ञानिक तवरले तरकारी खेती गर्नको लागि आवश्यक पर्ने सीपमुलुक तालिमको लागि गाविसको कार्यालय लक्ष्मिनियाँले यथासम्भव केही दिनमै कृषि सम्बन्धि तालिम ल्याईने गाविस सचिव मृग्येन्द्र यादवले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..