सप्तरी कात्तिक २ गते । मधेश प्रिमियर लिग सिजन २ क्रिकेट लिगको राजविराज राज रंगशालामा आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ ।
सो लिग क्रिकेट म्याचको सहिद राजिव राउत श्रीमती निलम राउत र सहिद रामकृष्ण राउतकी धर्मपत्नी श्रीमती सुदामा राउतले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।
आज पहिलो दिन रौतहट टिम र सिरहा टिम बीच उदघाटन खेल भयो ।
कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, रामसपा जिल्ला अध्यक्ष गजेन्द्र मण्डल ,संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य शैलेन्द्र साह, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी ,सघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादव, मधेशी जनअधिकार पफोरम गणतान्त्रिकका केन्द्रीय सदस्य बिशेश्वर यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झालगायत वरिष्ठ पत्रकार, बुद्धिजिवी, सर्वसाधारणरुको उपस्थिति थियो ।
यस प्रतियोगितामा विभिन्न जिल्लाका १६ वटा टिमको सहभागिता रहने छ।
No comments: