» » वैधानिक आतंकीहरुलाई भारु पचास रुपिया बुझाएँ


नरेश ज्ञवाली
भारतीय सरकार पाकिस्तानलाई आतंकवादी देश घोषणा गरिनु पर्छ भन्दै मिडिया मार्फत बारम्बार राष्ट्रवाद ओकली रहन्छ । तर, सिमामा मात्र होइन भारतका कयौं राज्यहरुमा भारत सरकार आफै आतंक फैलाउने बैधानिक आतंकवादी संस्था बनेको छ । जसबारे कोही बोल्न तयार छैनन् ।

पाकिस्तान छिरेर (सर्जिकल स्ट्राइक मार्फत) भारतमा राष्ट्रवादको आयात गर्ने भारतीय सत्तापक्षका राष्ट्रवादका सारथीहरु (सेना, प्रहरी तथा सिमा सुरक्षाबल) नेपाली सिमामा बसेर दशैं मान्न नेपाल आउँदै गरेका नेपालीसँग नेपाल प्रवेश शुल्क उठाउँदै छन् ।

त्यस्तो शुल्कको नाम ‘चायपानी खर्च’ हो । चायपानी खर्चको मुल्य प्रति नेपाली टाउकाहरुले एक सय भारु बुझाउनु पर्ने हुन्छ । टनकपुर सम्झौता, सुगौली सन्धी जसमा नेपालीहरुले आफू अपमानित भएको महशुस गरे तीनै सिमावर्ती ठाउँहरुमा नेपालीहरु आज पनि अपमानका घुटहरु पिउन बाध्य छन् ।

नेपाली सरकार कानमा तेल हालेर सुतेको छ । प्रधानमन्त्री दिल्ली भ्रमण सफल भएको सगर्व घोषणा गरी रहेछन् ।

सिमावर्ती क्षेत्रमा सयौं नेपाली दशैं मान्न घरको सम्झना लिएर आउँदैछन तर, नेपाली राष्ट्रियता बोकेको कारण जिवनभर पुग्ने अपमान महशुस गर्न बाध्य छन् । म तीनै नेपाली मध्यको एक नेपाली हुँ । जसले भारतीय सरकारका वैधानिक आतंकीहरुलाई भारु पचास रुपिया बुझाएँ ।

पत्रकार नामको विल्ला भएको कारण मैले एक ठाउँमा रकम बुझाएँ भने अन्य तीन ठाउँमा बुझाउन परेन । म अपमानित महशुस गरी रहेँ सरकार कानमा तेल हालेर सुती रह्यो ।

भारतीय सरकारले स्वदेश र विदेशमा भारतीय स्टेट नामको आतंक फैलाई रहेसम्म शान्तिको कोरा अपेक्षा गर्नु बेकार हो भन्ने त भर्खर जन्मने बच्चाले पनि भन्छ ।

(उनी भारतबाट प्रकाशित हुने आनन्द स्वरुप वर्माको तिसरी दुनियाँ पत्रिकाका पत्रकार हुन्)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..