» » पार्टी एकीकरणको विषयमा छलफल गर्न तमलोपाको बैठक बस्दै (एजेण्डासहित)


काठमाडौ कात्तिक २ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको बैठक केन्द्रीय कार्यालयमा जारी रहेको छ । महाधिवेशननपछि बसेको यो पहिलो बैठकमा पार्टीका पदाधिकारी, जिल्ला अध्यक्ष, सांसदीय दलको उपस्थिति रहेको छ ।

पार्टीका सहप्रवक्ता कृष्ण सिहका अनुसार पार्टी एकीकरण, सविधान संशोधन, संगठन निर्माण, समसामयीक राजनीतिक घटनाक्रमलगायतको विषयमा आजको बैठकमा छलफल हुनेछ ।

सद्भावना पार्टी र तमलोपाबीच एकीकरणको कुरा चलिरहेको छ, त्यस विषयमा पनि आजको बैठकले निर्णय लिनेछ भने वर्तमान सरकारले सविधान संशोधनका लागि गरेको ढिलाई प्रति पनि छलफल गर्ने बताइएको छ ।
वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनको प्रस्ताव बारे पटक पटक समयसीमा तोकेपनि हालसम्म प्रस्ताव तयार भएको छैन । पछिल्लो समय भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाने क्रममा प्रधानमन्त्री प्रचण्डले छठअघि सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने भन्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..