» » करेन्ट लागेर बालिकाको मृत्यु


राजविराज, कात्तिक ५ गते । सप्तरीको खोजपुर गाविस– ८ मा आज साँझ करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय छनजिराम ठाकुरको १३ वर्षीया छोरी रेखाकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

उनको आफ्नै घरको विद्युत् लाइनमा लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..