» » सद्भावना पार्टीसँग एकीकरण रोक्न तमलोपाको बैठक


-सिताराम अग्रवाल
नेता, तराई मधेश लोकतान्त्रिक पार्टी

तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सिताराम अग्रवाल मधेशवादी दलका चल्ताफिर्ता नेता हुनुहुन्थ्यो । फोरम नेपाल हुँदै फोरम गणतान्त्रिक र फोरम गणतान्त्रिक हुँदै तमलोपामा छिरेपछि केन्द्रीय सदस्य हुनुहुन्थ्यो तर पार्टीको महाधिवेशन भएपछि उनलाई कुनै पद दिएन । महाधिवेशनमा हिन्दु राज्यको कुरा उठाएपछि पार्टीमा कुनै पद नदिएको सिताराम आग्रवालको दावी छ । उहाँले पार्टीलाई हिन्दु धर्मको पक्षमा काम गर्र्नुपर्ने दवाव दिइरहेका हुन्थे तर उहाँको कुरा कसैले सुनेन । प्रस्तुत छ उहाँसँग सहारा टाइम्सले गरको कुराकानीको मुख्य अंशः

तपाईको पार्टीको बैठक थियो के के भयो बैठकमा ?
—तपाईलाई थाह छैन । म पार्टी कार्यालय जान छाडि सकेको छु । अनि कसरी जानु बैठकमा ।

पार्टी कार्यालय किन जानु हुन्न ?
—अब पहिलाको तमलोपा रहेन । जुन उद्देश्य र जोश उमगंका साथ पार्टीमा प्रवेश गरेका थिए । त्यो अब रहेन ।

किन के भयो ?
—पहिलादेखि तमलोपालाई उच्चजातको पार्टी हो । खास गरि बाहुनहरुको पार्टीहरु भन्थे । महाधिवेशनपछि त्यसमा परिवर्तन आउला भनि सोचेका थिए तर केही भएन । पहिला भन्दा हद पार गरिसक्यो । तमलोपाको वर्तमान लिस्ट हेर्नुभयो भने सबै कुरा थाह हुन्छ ।

त्यही कारणले जानु भएन त बैठकमा ?
–के को बैठक थियो, बैठक किन बोलाएको थियो । सबै अन्योलमा छ अहिलेसम्म । तर एउटा कुरा स्पष्ट भएको छ कि अब पार्टी एकीकरण हुँदैन । सद्भावना पार्टीसँग एकीकरणको कुरा भइरहेको थियो तर अब यो बैठकपछि एकीकरण टाढिएको छ ।

कसरी भन्नुहुन्छ त्यस्तो ?
–पार्टीका उपाध्यक्ष त्रिपाठीजी यो एकीकरण चाहनु भएको छैन । र, उहाँकै डिजाइनमा यो बैठक बसेको थियो । बैठकमा यस्ता व्यक्तिहरुलाई बोलाइएको थियो जुन व्यक्तिहरु सद्भावना पार्टीसँग एकीकरण चाहेका छैन । खासगरि त्रिपाठीजी सद्भावना पार्टीसँग एकीकरण नसहोस् नचाहेको कुरा सबैले थाह पाइसकेको छ । बैठकमा एकीकरणको बारेमा चर्चा हुने र त्यसबाट कुनै निर्णय लिने कुरा थियो तर मैले बुझे अनुसार त्यसलाई एजेण्डामा पनि राखेको थिएन । बैठकमा त्यसको खासै चर्चा पनि भएन ।

त्रिपाठीजीले त्यस्तो किन गरेको होला जस्तो लाग्छ तपाईलाई ?
–त्यो त उहाँलाई नै थाह होला, उहाँलाई नै सोध्नुस् ।

बैठकबाट के निष्कर्ष निस्कियो थाह पाउनु भएको होला नि त ?
–मलाई लाग्छ यो बैठक गोप्य रुपमा राखिएको थियो । किनभने यो दशैंको बेला सबैजना घरमा व्यस्त भएको बेलामा जानी जानी यो बैठक राखेको थियो । बैठकमा कसैलाई बोलाएको थियो । कसैलाई बोलाएको थिएन । अर्थात छानीछानी व्यक्तिहरुलाई बोलाएको थियौं । मैले धेरैजनासँग कुरा गरे त्यसमध्ये धेरैलाई बैठकको बारेमा थाह पनि थिएन । पदाधिकारी, जिल्ला अध्यक्ष र सांसदहरुलाई मात्र बोलाएको थियो । तर त्यो बैठकमा केन्द्रीय सदस्यहरु, भातृ संगठनका अध्यक्ष तथा पदाधिकारीहरुको पनि उपस्थिति थियो । ब्यानरमा पदाधिकारी, जिल्ला अध्यक्ष, सांसदको बैठक उल्लेख थियो भने विज्ञप्तिमा केन्द्रीय सदस्यसहितको बैठक थियो भनेका छन् । यो कस्तो अन्योल । यस्तो किन ? नेता तथा कार्यकर्तालाई भ्रममा राख्ने गरि किन यस्तो बैठक राख्यो बुझ्न सकिरहेको छैन । अर्को कुरा, यो महाधिवेशनपछिको पहिलो बैठक थियो । फुल बैठक हुनुपर्ने थियो तर सबैलाई नबोलाईकन समिति व्यक्तिहरुलाई बोलाएर बैठक बस्यो ।

त्यस्तो किन गरेको होला त ?
–महाधिवेशनपछि पार्टीमा निकै विवादहरु पसेका छन् । चाहिने व्यक्तिलाई पार्टीका ल्याएको छैन, नचाहिँने व्यक्तिहरुलाई चयन गरेर पार्टीमा ल्याएको छ । असन्तुष्टिको थुप्रो छन् पार्टीमा । सबैलाई चित बुझाउन गाह्रो छ । जिल्लादेखि केन्द्रसम्म असन्तुष्टको लर्को छ । अध्यक्षज्यूले कतिलाई जवाफ दिनुहुन्थ्यो ? त्यही भएर सिमितिलाई बोलाएर बैठकको औपचारिकता पूरा गरेको हो ।

को को छन् त्यस्ता नचाहिँदा व्यक्तिहरु ?
–म यहाँ कसैको नाम लिन चाहन्न तर जजसले अध्यक्षजीलाई रकम बुझाए ती व्यक्तिहरु पदाधिकारी पद पड्काए । तपाई पार्टी कार्यालय जानु भयो भने यी कुराहरु सुन्न पाउनुहुन्छ ।

तपाईलाई त केन्द्रीय सदस्य पनि दिएन किन ?
–मलाई दिएन, त्यो ठूलो कुरा होइन । तर पार्टी समावेशी भएको छैन यो दुखद कुरा हो । म एउटा कुरा तपाईलाई बताई दिँउ । जब महाधिवेशन गर्ने कुरा भयो अनि सहयोगका लागि सबभन्दा पहिलो लिस्टमा मारवाडीहरुको नाम नै लेखियो । मारवाडीहरुको लामै लिस्ट थियो । यो महाधिवेशनमा ८० प्रतिशत खर्च मारवाडीहरुले दिएका छन् तर पदाधिकारीदेखि सदस्यसम्ममा एकजना पनि मारवाडी परेको छैन । नवलपरासीमा पनि मारवारीहरुले राम्रै सहयोग गरेका थिए । पानी पार्न थालेपछि एकजना मारवाडीले आफ्नो सिनेमा हल बन्द गरेर पार्टीका कार्यकर्तालाई बस्न दिनुभएको थियो । नेपालमा ५६ सय कायस्थ छन् तर पदाधिकारीमै दुईजना कायस्थ रहेका छन् । अब भन्नुस् यो पार्टी कति समावेश छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..