» » ‘दशैंअघि किन भएन सविधान संशोधन ?’


बेल्जियम असोज १७ गते । यूरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रवासमा रहेका नेपालीहरुको आधुनिक ज्ञान, सीप र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिनु भएको छ ।

विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले देखे र भोगेका अनुभव स्वदेशका लागि उपयोगी हुनेमा जोड दिनुभयो । फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेल्जियमले ब्रसेल्समा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतितक अवस्था, चुनौति र सम्भावना’ बिषयक बृहत् अन्तरक्रियालाई प्रमुख अतिथिको रुपमा फोरम नेपालका अध्यक्ष यादवले नेपालमा लगानीको उचित वातावरण बन्ने हो भने प्रवासी नेपाली समाजबाट स्वदेशलाई धेरै लाभ हुन सक्ने बताउनुभयो ।

भ्रष्टाचार, कमिशनयन्त्र, लुटतन्त्रलाई नियन्त्रण गरी जलस्रोत, पर्यटन, कृषि र मानवीय साधन र शक्तिको विकास गरी प्रवासी नेपालीहरूको सीप र क्षमतालाई मुलुकमा लगानी गरी विकास गर्न सकिने  बताउँदै उहाँले प्रवासीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

संघीय गठबन्धनका संयोजक समेत रहनु भएक यादवले नेपालमा संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलाईप्रति चासो व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैअघि नै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि संशोधन प्रस्ताव दर्ता नभएकोमा उनले चिन्ता जाहेर गनुृभयो ।

संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प नभएको बताउँदै यादवले संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, खÞस, मुश्लिम, थारू, दलित, महिला, लगायत राज्यद्धारा बहिष्करणमा पारिएका सम्पूर्ण समुदायहरूको मुद्दालाई सम्बोधन गरिनु पर्ने बताउनुभयो ।

अन्तरक्रियामा बेल्जियमस्थित विशिष्ट अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत घनश्याम भण्डारी, विभिन्न वैचारिक राजनीतिक, जातिय पहिचान, वर्गीय, क्षेत्रिय संघ संगठनको अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..