» » चिनियाँ राजदूत कपिलवस्तुमा


कपिलवस्तु, असोज  २४ गते । चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ ।

सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी हुनुहुन्थ्यो । उहाँहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अवलोकन गर्नुभएको छ ।

उहाँहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनी र प्राचीन कपिलवस्तुका बौद्धकालीनस्थलका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुले प्राचीन बौद्धकालीन स्थलको संरक्षण हुनुपर्नेबारे ध्यानाकर्षण गराउनुभएको थियो । पछिल्ला वर्षमा चिनियाँ उच्च अधिकारीदेखि सर्वसाधारण चिनियाँ पर्यटकको भ्रमण लुम्बिनी र कपिलवस्तु क्षेत्रमा बढ्दै गएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..