» » निर्वाचन तथा जनक विश्वविद्यालय सम्बन्धी विधेयक समितिमा

काठमाडौँ, असोज ३० गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् ।

ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिनुभएको छ ।

जनक विश्वविद्यालय विधेयक

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गर्नुभएको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन ९दोस्रो संशोधन० विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..