» » समाजिक अभियन्ता सरोज रायले मधेशी युवालाई अमेरिका पठाउन किन खोज्दैछन् स्पोन्सर (टिप्पणी)


काठमाडौ कात्तिक ३ गते । जब समाजको अभियन्ता नै दिशाविहिन हुन्छ, लक्ष्य विहिन हुन्छ भने त्यो समाजको हालत कस्तो हुन्छ कल्पना समेत गर्न सक्नु हुन्न । तर मधेशका अभियन्ताहरु बाटो विराउन थालेको पनि यहाँ देख्न पाइन्छ ।

केही दिन पहिले एकजना समाजिक अभियन्ताले आफ्नो बारेमा आफै प्रचार गर्न थालेको समाचार सहारा टाइम्सले प्रकाशित गरेको थियो । त्यसले निकै चर्चा पायो । प्रतिकृयाहरु पनि थुप्रै आयो ।

तर आज पनि एकजना अभियन्ताले समाजलाई दिशा निर्देश गर्नुको सट्टा दिशाविहिन बनाउन लागेका पाएका छौ ।

पछिल्लो समय समाजिक अभियन्ताको रुपमा निकै सक्रिय रहेका र राम्रो काम गरेर प्रशंसा समेत पाउनु भएका सरोज रायले मधेशी युवाहरुलाई डिभिमा अमेरिका पठाउने बन्दोवस्तीमा लाग्नु भएको छ ।

उहाँहरुको मुखबाट कतिचोटी हामीले सुनेका छौ कि वैदेशिक रोजगारमा जानबाट मधेशी युवालाई रौकौ स्वदेशमै रोजगारीको व्यवस्था गर ।

तर आज उहाँले नै आफ्नो फेसबुकमार्फत डिभिकाे फ्रि फर्म भरि दिने र त्यसको लागि स्पोन्सर पनि खोज्न थाल्नु भएको छ ।

मलेसिया, कतार, सउदीभन्दा कम खतरनाक छैन, अमेरिका डिभीमा जानेहरुका लागि । जो जो डीभीमा गएका छन् । एकपटक उहाँहरुसँग सोध्नुस् कस्तो अवस्था छ । कतिको दुख पाइरहेका छन् । फेरि जो डिभीमा जान्छ त्यो त्यहीको बासी हुन्छ जान्दा जान्दै अभियन्ता सरोज रायले मधेशी युवालाई किन अमेरिका पठाउन स्पोन्सर खोज्न थाल्नु भएको हो, खोजीको विषय बनेको छ ।

बरु युवालाई मधेशमै कसरी रोजगार दिन सकिन्छ, आफ्नै देशमा कसरी मेहनत गरेर आफ्नो जिविका चलाउन सकिन्छ, त्यो तिर पनि ध्यान दिने हो कि ।

यो कामले मधेशी समाज कता जान्छ एकपटक विचार गर्ने हो कि । समाजले जो बाट आश गरेका हुन्छन् त्यसले नै समाजलाई गलत सल्लाह दिन थालेपछि समाज कोमाथि भरोसा गर्ने प्रश्न खडा भएकाे छ ।

सरोज रायले आफ्नो फेसबुकमा लेख्नुभएको कुरा जस्ताको त्यस्तै


DV Lottery सम्बन्धितः
यस पालीको डिभी लौटरीमा फोटो सम्बन्धित केहि नियम परिवर्तन गरिएको छ। यो जांच गर्न ग्राहक बनेर जनकपुरको धेरैजसो डिभी भर्ने ठांउमा पुग्यो तर अधिकांशले ग्राहकलाई ठगिरहेको देखे।
डिभी भर्ने बेलामा जस्तो सुकै फोटो मशिनले accept गर्छ र तपाईले confirmation no पाउनु हुन्छ तर पछि नियमसंग नमिलेको सबै यस्ता फोटोलाई regect गरिन्छ र तपाईलाई disqualify गरिनेछ।
यहि कुरा ध्यानमा राखी धनुषावासीको लागी फ्रि डिभी सेवा शुरू गर्न चाहन्छौं। कोई साईबर, स्टिडीयो वा अनुभव भएका इच्छुक व्यक्ति यो प्रोजेक्टको जिम्मेवारी लिन चाहनु हुन्छ भन्ने सम्पर्क गर्नुस, हामी स्पोन्सर मिलाउने छौं।
हाम्रो उद्देश्य डिभी भर्न प्रेरित गर्ने होइन, भर्नेहरू सही तरिकाले भरोस त्यति मात्र हो।
सम्पर्क नः 9841202025 / 9844273055

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..