» » बिग्रेको डेढ वर्ष बित्दापनि सकसन मेसिन मर्मत भएन


राजविराज, कात्तिक ७ गते । राजविराज नगरपालिका कार्यालयको सेफटी टैंक (शौच सफा गर्ने सेफटी सकसन मेसिन) डेढ वर्षदेखि बिग्रिएको कारण जिल्लाबासी मारमा परेको छ ।

जिल्लाबासीको शौचालय सफा गरेर सेवा प्रदान गरी नगरपालिकाको आयस्रोत बढाउने उद्देश्यले खरिद गरी प्रयोगमा ल्याएको सो टैंक २०७२ असारदेखि बिग्रिएपछि अहिलेसम्म मर्मत भएको छैन ।

प्रयोगमा ल्याएदेखि उक्त सेफटीबाट मासिक रु. डेढ लाख आम्दानी हुदै आएको राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघनप्रसाद दासले जानकारी दिनुभयो । यसरी हिसाब गर्दा बिग्रिएदेखि अहिलेसम्म रु. २७÷२८ लाख नगरपालिका कार्यालयलाई घाटा भएको देखिन्छ ।  

सेफटीको बिग्रिएको पार्ट बढीमा एक हजार रुपियाँ खर्च गरे बन्न सकिने जानकारी  दिदै नगरपालिका कार्यालयका एक सवारी चालकले मर्मत गराउन नचाहेकै कारण थन्किएको छ । जिल्लाबासी एवं छिमेकी जिल्लासम्मलाई सेवा गर्दै आएको टैंकको १० इन्च लम्बाई र ४ इन्च चौडाइ भएको फाइबर प्लेट जसले शौच(गुँह) तान्न प्रेसरको काम गर्ने सामान बिग्रिएको छ । यसको मूल्य रु. दुई सय देखि बढीमा रु एक हजार पर्ने बताएको छ ।

यता सकसन मेसिन बिग्रिएको कारण नगरबासीलाई शौचले भरिएको शौचालय सफा गराउन निकै समस्यामा परेको छ । नगरमा घनाबस्तीका कारण स्वीप्रद्वारा सफा गराए शौच फाल्ने समस्या हुने गरेकोले मेसिनद्वारा शौच तानेर टाढा गएर फाल्ने गरिएको थियो । तर, यतिबेला यो मेसिन नै बिग्रिएर अलपत्र अवस्थामा छन । बिग्रिएर नगरपालिका परिसरमा थन्किाइएको उक्त मेसिन नगरपालिकाकै गेष्टहाउसमा राखिएको थियो । अहिले उक्त मेसिन कहाँ छन भने बारेमा नपाका सबै कर्मचारीलाई थाहा छैन ।

नगरपालिका कार्यालयका प्रकोप व्यवस्थापन शाखाका इन्चार्ज उमेशप्रसाद साहले सकसन मेसिन बनाउन पटक–पटक अघिल्लो कार्यकारी अधिकृतलाई आग्रह गर्दापनि पहल नगरेको जानकारी दिनुभयो । दशै अगाडी नै नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ यहाँबाट सरुवा भएर गइसकेपछि अर्को कार्यकारी अधिकृत पदस्थापन भएको छैन ।  

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..