» » नेपाल सद्भावना पार्टीको विस्तारित बैठक जारी

रौतहट कात्तिक ६ गते ।  नेपाल सद्भावना पार्टीको विस्तारित बैठक आजदेखि रौतहटको गौरमा शुरु भएको छ ।

संगठन निर्माण, सविधान संशोधन, लोकमान सिह प्रकरण, सरकारको समर्थन लगायको विषयमा छलफल हुन लागेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले जानकारी गराउनुभयो ।

तीन बुँदे सम्झौतापछि देशके विकसित राजनीतिक परस्थितिको बारेमा पनि छलफल हुन्छ । सरकारले सविधान संशोधनको बारेमा आज भोली भन्दै टार्दै आएका छन्, यस अवस्थामा दल के गर्ने यसको बारेमा पनि पार्टीले ठोस निर्णय गर्ने अध्यक्ष झाले बताउनुभयो ।

अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्की प्रकरणको बारेमा पनि छलफल हुनेछ, लोकमानको बारेमा पार्टी के गर्नुपर्छ, लोकमान सिहको विरुद्धमा दार्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा त्यसको विषयमा छलफल हुने बताइएको छ ।

 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..