» » सद्भाना पार्टीसँग एकीकरण प्रकृया चाँडै अगाडि बढाउन तमलोपामा दवाव


काठमाडौ कात्तिक २ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको आज बसेको बैठकमा सद्भावना पार्टीसँगको एकीकरण प्रकृया चाँडो अगाडि बढाउन सुझाव आएको छ ।

बिजुलीबजारस्थित पार्टी कार्यालयमा मंगलवारदेखि शुरु भएको पार्टीको पदाधिकारी, सांसद र जिल्ला अध्यक्षहरु सहितको बैठकमा बोल्ने अधिकाँश नेताहरुले सद्भावना पार्टीसँगको एकीकरणको चर्चा सकारात्मक रहेको र यसलाई व्यवहारमा ल्याउनुपर्ने कुरा राखेको सहप्रवक्ता कृष्णा सिहले बताउनुभयो ।

सद्भावना पार्टीसँग मात्र होइन, मधेशका अन्य दलहरुसँग एकीकरणको बारेमा कुरा गर्नुपर्ने सुझाव पनि आएको बताउँदै उहाँले मधेशी जनताको जोडदार माग नै एकीकृत दल हो, त्यसका लागि जति छिटो हुन्छ, एकीकरणको प्रकृया शुरु गर्न नेताहरुले सुझाव दिएको उहाँले बताउनुभयो ।

साथै प्रमुख तीन दल (नेपाली काँग्रेस, नेकपा एमाले र नकेपा माआवादी केन्द्र) नै सविधान कार्यान्वयको बाधक रहेको तमलोपाले आरोप लगाएको छ ।
बैठकमा विषय प्रवेश गराउँदै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सविधान कार्यान्वयनप्रति तीनवटै दलका नेताहरु गम्भीर नरहेको आरोप लगाउनु भएको एक नेताले सहाराटाइम्सलाई बताउनुभयो ।

अध्यक्ष ठाकुरले जुन तरिकाले स्थानीय निकायको पुनः संरचना भइरहेको छ त्यसलाई आफूहरुले कुनै पनि हालतमा स्वीकार नगर्ने धारणा राख्दै मधेशमा यसका लागि जनचेतना कार्यक्रमहरु राख्नुपर्ने धारणा राख्नु भएको स्रोतले जनाएको छ ।

उपाध्यक्ष वृषेशचन्द्र लालले यो अवस्थामा कुनै पनि हालतमा स्थानीय चुनाव हुन नदिने पार्टीले ठहर गरेको बताउनुभयो ।

बैठकमा चारवटा एजेण्डामा छलफल शुरु भएको हो । त्यसमध्ये तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विषय प्रवेश गराउनु भएको थियो भने भने वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले वर्तमान राजनीतिक परिस्थितिको बारेमा विवेचनात्मक विश्लेषण गर्नुभएको थियो ।

संगठन सुदृढीकरणको बारेमा अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले आफ्नो कुरा राख्नु भएको थियो । स्थानीय निकायको संरचनाको बारेमा अर्का उपाध्यक्ष वृषेशचन्द्र लालले आफ्नो धारणा राख्नुभयो भने संसदीय कार्यमा पार्टीको भूमिका एवं विधेयकहरुको विषयमा महासचिव वृजेश गुप्ताले धारणा राख्नुभएको थियो । 

बैठक भोली पनि बस्नेछ ।

यो पनि पढ्नुस्


असमावेशी भयो भन्दै गोविन्द चौधरीद्धारा तमलोपा बैठक बहिष्कार


पार्टी एकीकरणको विषयमा छलफल गर्न तमलोपाको बैठक बस्दै (एजेण्डासहित)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..