काठमाडौ असोज २१ गते । कलाकार मरलीधरले आफू नेपाली फिल्म भैरव खेलेकोमा कुनै पश्चाताप नरहेको बताउनु भएको छ ।
मधेशको समाजिक, राजनीतिक तथा आर्थिक अवस्थामा सो भैरव फिल्मका कारण मुरलीधरको निकै आलोचना भएको थियो । सहारा टाइम्सले उहाँसँगको भेटमा सोधे तपाई मधेशी समुदायको भएपनि भैरव जस्तो फिल्म किन खेल्नु भयो ।
त्यसमो जवाफमा उहाँले आफू एउटा कलाकार रहेको र कलाकारले एउटा समाजको चित्रण गर्छ, फिल्म भनेको समाजको ऐना हो र त्यसले समाजको चित्रण गरेको प्रतिकृया दिए ।
मधेशी समाज कस्तो छ, त्यहाँका व्यक्ति, त्यहाँका नेता, त्यहाँका राजनीतिक र रहनसहन कस्तो छ त्यो सबै मलाई थाह छ, मुरलीधरले भन्नुभयो, मधेशी समाजमा देखिएको वास्तविकतालाई मैले देखाउन खोजेको हो यसमा मलाई कुनै पश्चाताप छैन ।
मधेशी नेताहरु कस्ता छन् त्यो कुरा कसैबाट नलुकेको बताउँदै उहाँले मधेशी नेताहरु आफ्नो स्वार्थका लागि मात्र राजनीतिक गरेको आरोप लगाउनुभयो ।
राजनीतिकमा कति आम्दानी हुन्छ, कसलाई थाह छैन, न ती नेताहरुको कुनै विजनेश छ नकुनै आर्थिक स्रोत छ तर यतिका खर्च कहाँबाट गर्छन्, उहाँले भन्नुभयो, काठमाडौमा नेताका ठूला ठूला महल छन् ती कहाँबाट आउँछन्, नेताका छोरा छोरा विदेशमा पढ्छन् ती कहाँबाट आउँछ, यसको मतलब उहाँहरु भ्रष्टचार गर्नुहुन्छ, कतै नकतै अनियमितता वा कहीबाट पैसा अवश्य लिएको हुनुपर्छ ।
मधेशी नेताहरु पटक पटक मन्त्री भए तर मधेशको अवस्था हेनुंस् कुनै गाउँमा सहजै छिर्ने अवस्था छैन, बाटोघाटो छैन, स्वास्थ्य सस्था राम्रो चलेको छैन, विद्यालय, कलेज राम्रो चलेको छैन, मधेशभरि ब्यथिती नै ब्यथिती रहेको दावी गर्दै उहाँले यी सब काम गर्न गराउन राज्य कहाँ दोषी छ, यसमा त त्यहाँका नेताहरु मात्र दोषी रहेको आफूले पाएको बताउनुभयो ।
आन्दोलन गरेर यत्रो मान्छे मार्न लगाए, त्यसबाट मधेशी जनताले के पाए, बरु मधेशी नेताहरु कुर्सी पाए, उहाँका छोरा छोरीहरु विदेशमा पढ्न पाए तर मधेशी जनता जहाँको त्यही छ, यसको जिम्मेवारी कसले लिने भनि प्रश्न गर्दै उहाँले यो देशमा संघीयता अथवा गणतन्त्र होइन, कुनै निरकुँश शासक चाहिन्छ किनभने यो देश निकै छाडा भएको टिप्पणी गर्यो ।

No comments: