» » गोपालपुरमा व्यपारीमाथि गोली चलियो

कपिलवस्तु कार्तिक ५ गते । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा हिजो साँझ करिब ७ः३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते बनाएका छन् ।

कपिलवस्तु नगरपालिका १४ गोपालपुर चोकमा रहेको आफ्नै किराना पसलमा बसिरहेका राधेश्याम गुप्तामाथि लुटेराहरूको समुहले गोली प्रहार गरेको छ ।

गोली लागी गुप्ता घाइते हुनुभएको छ । गुप्तालाई बाया खुट्टामा गोली लागेको कपिलवस्तुका प्रहरी उपरिक्षक विष्णु कुमार केशिले जानकारी दिनुभयो ।

घाइते गुप्ताको अहिले तौलिहवामा रहेको पृथ्वी वीर अस्पतालमा उपचार भैरहेको छ । गुप्ताको अवस्था सामान्य रहेको र गोली हानी फरार लुटेराहरूको खोजीकार्य जारी रहेको उपरिक्षक केशिले जानकारी दिनुभएको छ ।

गोली हानी फरार लुटेराहरूको खोजीकार्य जारी रहेको  जानकारी गराउनु भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..