» » भन्सार कार्यालयको राजस्व अढाई करोड


रविन्द्र यादव
नवलपरासी कार्तिक १५ गते । महेसपुरछोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७३÷०४ साउन महिनादेखि कार्तिक १३ गतेसम्म कुल २ करोड, ३७ लाख, ९४ हजार २ सय ७३ रुपियाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले श्रावण महिनााम ७२ लाख १९ हजार ६०२ रुपियाँ राजस्व संकलन भएको थियो भने भदाौ ८१लाख ५० हजार, ६९०, असोजमा ७१ लाख २६ हजार ३१ र कार्तिक को १३ गतेसम्म २२ लाख ९७ हजार ९५० रुपिया राजस्व संकलन गरेको कार्यालयका नायब सुब्बा रेवतीराज गिरीले बताउनु भयो।

राजस्व गत वर्षको तुलना यसवर्ष २३ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष नाकाबन्दीको कारणले ४ करोड १४ लाख ९८ हजार १ सय ८० रुपैया मात्र राजश्व उठेको थियो भने यस राजस्वको निरन्तर बृद्धिदरले करिब १० करोड रुपियाराजस्व उठने अनुमान रहेको नासु गिरीले बताउनु भयो ।

भन्सार कार्यालयबाट विशेष गरि चामल, खाद्यान्न, कपडा लत्ता, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगा भैसी, र अस्थायी सवारी साधानको निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

महेसपुर भन्सार कार्यालय भैरहवा भन्सार कार्यालय अन्तर्गतको एक छोटी भन्सार कार्यालय भएपनि जिल्लाको मुख्य नाका हो ।

यस कार्यालय अन्तर्गतपनि भुजहवा, विसुनपुरा, झुल्नीपुर, त्रिवेणीलगायतका छोटी भन्सार कार्यालयहरु छन् ।

साना नाकाहरुबाट झिकाईने सामानहरुकोमहेसपुर भन्सार कार्याल्यबाट नै भन्सार काटिने गरिएको कार्यालयले जनाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..