» » चीनले मिचियो नेपाली भूमि


हुम्ला असोज २३ गते । नेपाल–चीनको सीमा नजिक रहेको नेपाली भूमि प्रयोग गरेर चिनियाँ पक्षले तीन कोठे पक्की भवन बनाएको पाइएको  छ ।

हुम्लाको उत्तरी लिमी गाविसमा रहेको लाप्चामा दुई हजार मिटर मिचेर नेपाली भूमिमा चिनियाँ सरकारले आफ्नो सुरक्षा पोष्ट बनाएको गाविस सचिव धर्मराज रोकायाले बताउनु भएको छ ।

सोको जानकारीपछि सिमाना अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे नेतृत्वको टोलीले पनि नेपाली भुमि मिचेर चीनियाँ पक्षले भवन बनाएको बताउनु भएको छ ।

हुम्लाको ११ नम्बर पिलर समेत हराएको लिमी बासिन्दाको भनाई अनुसार अनुगमनमा गएको टोलिले सिमाना अवलोकन गर्दा उक्त नेपाली भुमिमा पक्क घर बनाएको भेटिएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष कर्ण बहादुर रोकायाले बताउनुभयो ।

नेपाली भुमिमा बनाएको भवनको बारेमा दुबै देशका प्राविधिक टोली समेत बसेर समस्या तत्कालै समाधान गर्नु पर्ने स्थानीय विकास अधिकारी रवि भट्टराइले बताउनु भएको समाचार रातोपाटीमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..