» » दुर्घटनामा एक बालकसहित दुईको मृत्यु



मोरङ, असोज २४ गते । मोरङको दुई छुट्टाछुट्टै स्थानमा हिजो भएका सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।


जिल्लाको डाइनिया–७ स्थित विराटनगर–डाइनिया भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २९ पा ४०६ नं को मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ७ प ५७८५ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।


सो दुर्घटनामा बा २९ प ४०६ नंको मोटरसाइकलका चालक मोरङ उर्लाबारी–६ बस्ने २२ वर्षीय शम्भु मोहलीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


को ७ प ५७८५ नंको मोटरसाइकलका चालक मोरङ बरडंगा–९ बस्ने २९ वर्षीय सन्तोषकुमार सिंह र पछाडि सवार सोही ठाउँका २८ वर्षीय सचेन्त्रकुमार सिंह सामान्य घाईते भएका छन् ।


दुवै मोटरसाइकललाई प्रहरी चौकी डायनियाले नियन्त्रणमा लिएको छ ।


यस्तै, जिल्लाकै पथरी शनिश्चरेमा आजै दिउँसो बोलेरो जिपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।


पथरीशनिश्चरे –९ स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १३ च ८३५३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री तेह्रथुम आम्बुङ –९ का ४ वर्षिय बालक प्रतिक मगरको घटनास्थलमै मृत्यु भएको हो ।


ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..