» » तमलोपा र सद्भावनाबीच एकीकरण हुँदै


काठमाडौं,  असोज १५ गते । महन्थ ठाकुर अध्यक्ष रहेकाे तराई–मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेकाे सद्भावना पार्टीबीच एकीकरणका लागि छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जंगीलाल रायले बताउनु भएकाे छ ।

शनिवार सर्लाही, सलेमपुर–काठमाडौं सहयोगी समाजले  आफ्नो चौथो वार्षिकोत्सव तथा बडादशैं, दीपावली, मोहर्रम तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले साे कुरा बताउनु भएकाे हाे ।

्सा‌सद यादवले भन्नु  भयाे ‘तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्ष नेताबीच गहन छलफल भइरहेको छ ।’ उहाँले मधेशी मोर्चासँग सत्ता गठबन्धन कांग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने चेतावनी दिनु भएकाे छ । उहाँले मोर्चाको माग सम्बोधनका लागि सरकारले आन्तरिक तयारीमा लागेको जानकारीसमेत दिनुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि सांसद केदारनन्दन चौधरी, समाजका मउपाध्यक्ष धिरेन्द्र कुमार यादव, बुद्धिजीबी किशोरी महतो, विनय कुमार कर्ण, रामबाबु दास र जयकिशन रायले शुभकामना मन्तव्य दिनु भएकाे िथयाे ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष विजय कुमार यादवले गरेका थिए भने महासचिव महेश यादवले सञ्चालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य तेजनारायण यादवले गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..