» » रामनरेश रायले भन्नुभयो, तीन दलको हालत ज्ञानेन्द्र जस्तै हुनेछ


काठमाडौं, असोज २६ गते । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले संविधान संशोधन नगराईकन सेनाको आडमा जबरजस्ती चुनाव गराईए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिनुभएको छ ।



उहाँले भन्नुभयो, ‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनैपनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे भने हामी त्यसलाई कुनै हालतमा सफल हुन दिन्नौं ।’



उनले यदि चुनाव जबरजस्ती गराईयो भने मुलुक दुर्घट्नातर्फ जाने खतरा समेत संकेत गर्नुभयो ।



उहाँले संविधानमा भएका विभेदहरुलाई हटाउन र मधेशी, जनजाति, थारु, आदिवासी, मुस्लिम, महिला लगायत अल्पसंख्यकहरको अधिकार सुनिश्चित गर्नको लागि आफूहरु छ महिनासम्म संघर्ष गरेको स्मरण गर्दै भन्नुभयो, ‘हामीले मुलुक विखण्डन गर्नको लागि संविधान संशोधनको माग गरेको भनेर झूठो प्रचार भइरहेको छ तर हामी अधिकारको लडाईँ लडिरहेका छौं ।’



उहाँले काँग्रेस, एमाले र माओवादी तीन ठूला दलले सँख्याको बलमा पेलेर जबरजस्ती संविधान जारी गरेकोले आफूहरु बाध्यताले सडक संघर्षमा होमिनुपरेको बताउँदै भन्नुभयोे, ‘सरकारले छठसम्म पनि संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, अहिलेसम्म पनि आशा गरिरहेका छौं ।’



उहाँले आफूहरुले अहिले आन्दोलन फिर्ता नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयोे, ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस् ।’



नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने नाममा काँग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।



राजधानीमा आयोजित कार्यक्रममा बोल्नु हुँदै प्रमुख सचेतक श्रेष्ठले झिनामसिना विषयमा संविधान संशोधनको लागि काँग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र यी तीनवटा विषयमा कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ ।



मधेशी मोर्चा लगायत अन्य असन्तुष्ट दलहरुको मुद्दालाई सम्बोधन गर्नको लागि आफ्नो पार्टी हरसम्भव तयार रहेको पनि धारणा उहाँले राख्नुभयो ।



नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने वेला नै नभएको जिकिर गर्नुभएको छ ।



तराई मधेश केन्द्रित दलको लागि मात्रै संशोधन गर्ने हो भने अरु साथीहरुको पनि आफन असन्तुष्टिहरु रहेको उल्लेख गर्दै उहाँले सबैका कुराहरुमा अल्झिने हो भने संविधान कार्यान्वयनको लागि समय नरहने बताउनु भयो ।



नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हरिबोल गजुरेलले संविधान संशोधनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको बताउनु भएको छ ।



नेता गजुरेलले संविधान संशोधन अहिलेको लागि अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, ‘संविधानलाई सबै सर्वस्वीकार्य बनाउनको लागि पनि संशोधन आवश्यक छ, तर संशोधनको लागि दुई तिहाई आश्यक छ, यसको लागि एमाले र राप्रपा नेपाललाई पनि विश्वासमा लिनुपर्छ ।



राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संवैधानिक बाटो भएर संविधान संशोधन प्रस्ताव आएर आफ्नो पार्टीले त्यसमा भाग लिने स्पष्ट पार्नुभयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..