» » उपेन्द्र यादवले भन्नुभयो, ‘जालझेल र छलकपटको सविधान स्वीकार हुँदैन’


काठमाडौ भदौ ३० गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया प्रति गम्भीर नरहेको भन्दै असंतुष्टि ब्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, तीन दल र सरकार सबैले महसुस गरेका छन् की संशोधनको विकल्प छैन । तैपनि संशोधनलाई वेवास्ता गर्नु भनेको हामीलाई फेरी आन्दोलनमा जान बाध्य पार्नु हो ।

जालझेल र छलकपट गरी जवर्जस्ती जारी गरिएको यो संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने उहाँले बताउनुभयो ।

ुउत्पीड़ित समुदायको अधिकार र पहिचान सुनिश्चित हुने गरी संविधान संशोधन नभएसम्म यो संविधान कार्यान्वयन हुनै सक्दैन, फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो । जनताको अधिकार संविधानमा सुनिश्चित नहुँदासम्म संघर्ष जारी रहने उहाँँले बताउनुभयो ।

आज काठमाण्डौको गैरी गाउँमा आयोजित लिम्बूवान प्रदेश सम्पर्क समितिको प्रशिक्षण तथा सम्पर्क समितिहरुको गठन कार्यक्रममा झापा, मोरंग, ईलाम र तेह्रथुमका दुई सय बढ़ी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रबेश गरेका हुन्।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको छ । चारवटा जिल्ला सम्पर्क समिति गठन गरिएको छ । जसमा झापा सम्पर्क समितिको अध्यक्षमा रूपध्वज लिम्बू, ईलामको अध्यक्षमा नीमा शेर्पा, मोरंगमा तरवीर लिम्बू र तेह्रथुम सम्पर्क समितिको अध्यक्षमा महेन्द्र लुंगफंगवा लिम्बू चयन भएका छन् ।

समितिका अध्यक्षहरु सहित नव प्रवेशी कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष यादवले सपथ ग्रहण गराउदै मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायत उत्पीड़ित जनताको अधिकार र पहिचान प्राप्तिको आन्दोलनमा लाग्न आह्वान गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..