» » भारत जानुअघि प्रचण्डले मधेशलाई सम्बोधन गर्ने


सिरहा, भदौ २६ गते ।  प्रधानमन्त्री पुष कमल दाहाल ं( प्रचण्ड) ले सम्वोधन गर्ने सिरहा –५ मिर्चैयाको जन सभाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री भदौ २७ गते आफू निर्वाचित भएको क्षेत्रवाट नै मधेशी जनाताको माँग सम्वोधन गर्न भारत भ्रमण जानु अघि हुन लागेको जन सभालाई विशेष महत्वका साथ हेरिएको छ ।

२ नम्वर प्रदेशको ईन्चार्ज एमाओदी केन्द्रका नेता मातृका प्रसाद यादवका अनुसार जन सभामा एक लाख भन्दा वढी जन सहभगिता हुने भएकोले व्यवस्थापनका लागि यस प्रदेशका सम्पूर्ण कमिटिहरु सक्रियताका साथ लागेको छ ।

यादवका अनुसार प्रधानमन्त्री प्रचण्ड आफू निर्वाचित भएको सिरहा –५ का जनताहरुलाई सामूहिक भेटघाटको लागि पनि सिरहाको मिर्चैयामा जन सभा गर्न लागेको भन्दै सभामा उहाँले भारत भ्रमणमा जानु अघि मधेशी जनताको माँगलाई सम्वोधन गर्ने गरि सरकार लागि परेको आश्वस्त पार्न पनि जन सभाको आयोजन गरेको हो । उहाँको साथमा एमाओदी केन्द्रका प्रतिभाशाली यूवा नेता तथा कानुन मन्त्री अजय शंकर नायक पनि आउने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो आगमन भएकोले एमाओवादी केन्द्र वाहेक अन्य दलका नेता कर्याकर्ताहरुले यस पटक प्रधान मन्त्रीको सम्वोधनले मधेशी जनतामा आसाको संचार हुने अडकल पनि गर्न थालेका छन ।

सिरहा –५ का जनताहरुले त भोग्दै आईरहेको खाने पानीको समस्या समाधान गर्न उहाँले थालेको कार्यहरु दु्रत गतिमा अगाडि वढनुको साथै यूवाहरुको रोजगारी , शिक्षा , स्वास्थ्य र सुकुम्वासी समस्या समाधानको लागि पनि भरपर्दो कार्य अगाडि वढाउनु पर्ने स्थानीय एमाओदी नेता राम चन्द्र महतो र कृष्ण कुमार लामाको भनाई रहेको छ । सिरहामा प्रधानमन्त्री सहित कानुन मन्त्री नायक र नेपाली काँग्रेसको् तर्फवाट शान्ति तथा पूनः निर्माण मन्त्री सिता रहेकाले सिरहाली जनताले विकास र निकासको लागि निकै उत्साहित पनि देखिएकबा छन ।

प्रधान मन्त्रीको सभामा सुरक्षा व्यवस्था पनि चुस्त दुरुस्त पारेको जिल्ला प्रहरी प्रमुख श्याम ज्ञावालीले बताउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..