» » हदबन्दीभन्दा बढी जग्गा खोसियो


बर्दिया, असोज ७ गते । बर्दियामा हालसम्म हदबन्दीभन्दा बढी भएको जग्गा करिब २५ हजार २६० बिघा जफत गरिएको छ ।

भूमिसुधार कार्यालयका अनुसार जफत गरिएको जग्गा भूमिहीन, सुकुम्वासी, जोताहा किसान र मोहीलाई न्यूनतम राजस्व लिई बिक्रीवितरण गरिसकिएको छ ।

 त्यसमध्ये मोहीलाई पाँच हजार १५९ विघा, गैरमोहीलाई १९ हजार ७९७ र २५ वटा सामुदायिक विद्यालयलाई ४८ बिघा जग्गा दिइएको भूमिसुधार अधिकृत नरहरि तिवारीले बताउनुभयो ।

विसं २०२१ अघि जमिन्दारले चाहेअनुसार जग्गा राख्न पाउँथे । त्यतिबेला सय बिघाभन्दा बढी जग्गा राख्ने ३०० भन्दा बढी जग्गाधनी थिए ।

विसं २०५९ सालमा सरकारले ११ बिघाभन्दा बढी जग्गालाई हकबन्दी कायम गर्न भूमिसुधार तथा व्यवस्था विभागलाई निर्देशन दिएको थियो ।
सो बेला जिल्लामा ११ बिघामाथि जग्गा राख्नेको सङ्ख्या उल्लेख्य थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..