» » करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

मनिष गुप्ता

कपिलवस्तु भदौ २८ गते । कपिलवस्तुको अभिराव गाविस– १ अभिराव गाउँमा करेन्ट लागेर मंगलवार दिउसो नेपाल बिद्यतु प्राधिकरणको एक कर्मचारीको मृत्यु भएको छ ।

पोलमा चढेर लाईन मर्मत गर्नेक्रममा करेन्ट लागेर लाईन मेन पकडी गाबिस– ६ सेमरौटीका ३५ बर्षे फुलचन्द पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मर्मतका बेला लाईन काटन तौलिहवा स्थित प्राधिकरणको सव स्टेशनमा आग्रह गरे पनि त्यस बेला बिद्युत आपुर्ति गरिएकाले उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सो घटनामा तौलिहवा सव स्टेशनमा रहेको कर्मचारीहरुको लापरवाही गरेकोले पाण्डेयको अनाहकमा ज्यान गएको स्रोतको भनाई छ ।

करेन्ट लागेर गंभीर घाईते भएका पाण्डेयलाई उपचारकालागि भैरहवा लाग्नेक्रममा बाटो मै मृत्यु भएको थियो । शवलाई पोष्टर्मटमकालागि तौलिहवा अस्पताल लगिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..