» » मधेशी मोर्चा र गठबन्धनले छुट्टा छुट्टै मनाउँदैछन् कालोदिवस



काठमाडौ असोज २ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले छुट्टा छुट्टै कार्यक्रम कालोदिवस मनाउन लागेका हुन् ।
मधेशी आदिवासी जनजातिको हित विपरिता असोज ३ गते सविधान जारी भएको भन्दै संघीय गठबन्धन र मधेशी मोर्चाले सो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

तर कार्यक्रमको प्रकृया र समयतालिका एउटै भएपनि भोली छुट्टा छुट्टै कार्यक्रम गर्न लागेको मोर्चाका नेताहरुले बताएका छन् ।

गठबन्धनले शान्तिबाटिकामा कार्यक्रम गर्ने भएको छ भने मधेशी मोर्चाले माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएको छ ।

कालो दिवस मनाउने विषयमा छलफल गर्नका भदौ १९ गते मधेशी मोर्चा सचिवालयको बैठक तमलोपाको कार्यालयमा बसेका थियो भने गठबन्धनको बैठक फोरम नेपालको कार्यालयमा बसेको थियो ।

मधेशी मोर्चाले २ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रमको घोषणा गर्यो, त्यसपछि बसेको गठबन्धनको बैठकले पनि मोर्चाको निर्णयलाई मान्यता नदिई २ गतेदेखि ४ गतेसम्मको कार्यक्रम घोषणा गरे । तर एक अर्काको कार्यक्रमलाई स्वीकार नगरी भोली छुट्टा छुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झालाई यस विषयमा जिज्ञासा राख्दा उहाँले संघीय गठबन्धनले रत्नपार्कमा कार्यक्रम राखेको तर मोर्चाले कहाँ राखेको छ आफूलाई थाह नभएको प्रतिकृया दिनुभयो ।

तराई मधेश लोकतान्त्रिक पार्टीमा उपाध्यक्ष वृषेशचन्द्र लालले एकै ठाउँमा कार्यक्रम गर्ने समन्वय भइरहेको प्रतिकृया दिनुभयो । उहाँले गठबन्धन र मधेशी मोर्चा एकै ठाउँमा कार्यक्रम गर्ने विश्वास आफूलाई लागेको बताउनुभयो ।

मधेशी मोर्चामा सातवटा दल रहेका छन् त्यसमध्ये महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपा, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, अनिल कुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम  गणतान्त्रिक माइतीघर मण्डेलामा कार्यक्रम मनाउनेछ भने उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपाल, शरतसिह भण्डारी अध्यक्ष राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीलगायत गठबन्धनमा आवद्ध अन्य आदिवासी जनजातिहरुको दल शान्तिबाटिकामा मनाउने रहेको छ ।

यद्यपी तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले नमाइतीघर नशान्तिबाटिका अरु अर्कै ठाउँमा मनाउँदा राम्रो हुने पक्षमा आफू रहेको बताउनुभयो ।

शान्तिबाटीकामा यदि एमालेले मनाई रहेका छन् भने त्यहाँ गठबन्धनले नमनाउँदा राम्रो भन्दै उहाँले ठाउँ सार्नका लागि गठबन्धनका साथीहरुलाई आफूले आग्रह गर्न लागेको बताउनुभयो ।  


यस्तो आयो मधेशी मोर्चाको निर्णय



सघीय गठबन्धनले गरेको निर्णयहरु यस्तो छ


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..