» » मधेशी मोर्चाले आज के के विवरण बुझाए सरकारलाई


काठमाडौ भदौं १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदलले आज मधेश आन्दोलनको क्रममा मुद्दा लागेका र बन्दी जीवन विताइ रहेका ४९१ जनाको नाम सरकारलाई बुझाएको छ ।

मधेशी मोर्चाका नेताहरु आज गृहमन्त्रालयमा गई मुद्दा लागेका ४९१ जनाको नाम बुझाएको छ । मोर्चाका एक घटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवका अनुसार मुद्दा लागेका र बन्दी जीवन विताइरहेका विवरण गृहमन्त्रालयका उपसचिव कृष्ण राउतलाई बुझाएको छ ।

यसअघि गृहमन्त्री र मधेशी मोर्चाका कार्यदलको बीचमा भएको छलफलमा गृहमन्त्री विमलेन्द्र निधिले घाइते, मुद्दा लागेका तथा बन्दी जीवन विताइरहेकाहरुको विवरण माग गर्नुभएको थियो । आज उहाँहरुले बुझाएको विवरणमा घाइतेको विवरण उल्लेख गरिएको छैन ।

नेता यादवले घाइतेको विवरण जिल्ला जिल्लाबाट आउन बाँकी रहेकाले विवरण बुझाउन अलि ढिलाई भएको प्रतिकृया दिनुभयो । यद्यपी घाइतेको विवरण नबुझाएपनि गृहमन्त्री निधिसँग भएको छलफलमा मोर्चाका नेताहरुले रकम दावी गरेको छ ।

वीर अस्तपताललाई मात्र २६ लाख बुझाउनु पर्ने माग गरेको छ । त्यस्तै, सुष्मा मेमोरियल अस्पताललाई  चार लाख, जेम्स अस्पताललाई अढाई लाख बुझाउनुपर्ने दावी गरेको छ । यस्तै विराटनगरको नोबेल र र भैरहवाको एक अस्पताललाई १५–१५ लाख तिर्न बाँकी रहेको रहेको मोर्चाका नेताहरुले बताए छन् ।

कतिपयको घाइतेहरुले स्थानीय क्लिनिकदेखि भारतको विभिन्न अस्पताल यहाँसम्म कि दिल्लीसम्म गएर उपचार गराएका छन् । ती सबैको विवरण आउन बाँकी रहेको मोर्चाले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..