» » यस्तो आयो मधेशी मोर्चाको निर्णय


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
केन्द्रीय सचिवालय, काठमाण्डौ
मितिः–२०७३–५–१९

२०७३ भाद्र १९ गते रविवार तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा केन्द्रीय सचिवालयको बैठकमा भएका निर्णयहरुः–

१. एकल जातिय र विभेदमा आधारित नेपालको ‘राज्य’ को चरित्रमा आमूल परिवर्तन गरी पहिचानको सम्मान, स्वशासन, समानुपातिक समावेशिता सहितको संघीय संरचना निमित्तको संघर्षमा शहादत प्राप्त गर्नु भएका प्रातः स्मरणीय सम्पूर्ण अमर शहीदहरुप्रति आजको यो बैठक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु भएका अमर शहीदहरुको प्रथम शहादत दिवस शहीदहरुको शहादतको दिनमा सम्भव भएसम्म शहादत स्थलमै श्रद्धान्जली कार्यक्रम आयोजित गरी मनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सबै जिल्ला संयोजन समितिहरुलाई निर्देशित गर्ने निर्णय गर्दछ ।
२. मधेशी, थारु, आदिवासी–जनजाती, मुस्लिम, दलित सहितका सिमान्तकृत समुदायहरुमाथि जनआकांक्षा विपरित ०७२ असोज ३ गते वर्तमान जनविरोधी संविधान लादिएको थियो, जसको विरोधमा शुरु भएको संघर्षमा अहिलेसम्म ५ दर्जनभन्दा बढी आफ्नो ज्यान गुमाइसकेका छन् । आजको यो बैठक २०७३ असोज ३ गते, यी अमर शहीदहरुको स्मरणमा र जनतामाथी गरिएको दमनको विरोधमा, कालो दिवसको रुपमा निम्न कार्यक्रमका साथ मनाउने निर्णय गर्दछ –
क) २०७३ असोज २ गते आईतवार –सबै जिल्लाहरुमा सर्वपक्षिय अन्तरक्रिया आयोजित गरी “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो संघर्ष” बारे जानकारी गराउने ।
ख) २०७३ असोज ३ गते सोमवार –   (।ं) जिल्लाका सदरमुकामहरुमा कालो झण्डा–कालोपट्टीका साथ अपरान्ह विरोध प्रदर्शन गर्ने ।
  (।ं।ं) राती ७ः३० देखि ८ः०० बजे सम्म हरेक घरमा विरोध स्वरुप बत्ति निभाई ब्लैक आउट गर्ने ।
ग) २०७३ असोज ४ गते मंगलवार जिल्ला–जिल्लामा साँझ पूर्वनिश्चित स्थानमा भेला भई अमर शहीदहरुको सम्झनामा मयनबत्ती जलाउने ।
 ३. (१) र (२) को निर्णय कार्यान्वयन गर्न संय्ुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धन समेतको सबै घटक दलहरुलाई आ–आफ्नो जिल्ला समितिहरुलाई परिपत्र गरी निर्देशित गर्न आग्रह गर्ने समेत आजको बैठक निर्णय गर्दछ ।

.............................
 वृषेश चन्द्र लाल
      संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
          सचिवालयको तर्पmवाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..