» » जितेन्द्र देवलाई कारवाहीको तयारी गर्दै गच्छदार


काठमाडौ भदौ २८ गते । विजयकमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीभित्रको विवाद चरमउत्कर्षमा पुगेको छ ।

सरकारमा जानका लागि पार्टी नै विभाजन गर्नेसम्मको प्रयासमा लागेका जितेन्द्र देवलाई कारवाहीको तयारी भइरहेको छ । पार्टीका उपाध्यक्ष एवं सांसद जितेन्द्र देवले पार्टी फुटाउनका लागि के के हर्कत गरिरहनु भएको छ, ती सबै सूचना पार्टीका अध्यक्ष गच्छदारसमक्ष पुगिसकेका छ ।

उहाँले ती सबै सूचनालाई विश्लेषण गरी कारवाहीको प्रकृया थालनी गर्ने पार्टी निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष गच्छदारले संसदीय दलको बैठक बोलाई नेता देवले पार्टी हित विपरित गरेका गतिविधिको बारेमा छलफल गरि कारवाहीको प्रकृया अगाडि बढाउनु हुनेछ । संसदीय दलको बैठकबाट देव दोषी देखेपछि कारवाहीका लागि पार्टीका अनुशासन समितिलाई निर्देशन दिनेछ ।

त्यसपछि अनुशासन समितिले देवको बारेमा छानविन गरी स्पष्टिकरण सोध्नेछ । स्पष्टिकरण सोधेपछि आएका जवाफका आधारमा कारवाही गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

पार्टीका बैठकले सम्मानजनक मन्त्रालय दिए मात्र सरकारमा जाने निर्णय गरेपनि नेता देवले जुनसुकै मन्त्रालय पाए सरकारमा जानुपर्ने अभिव्यक्ति दिँदै आउनु भएको छ । सरकारमा जाने निर्णय छ भने यो मन्त्रालय वा त्यो मन्त्रालय भनेर हुँदैन, जे मन्त्रालय पाइन्छ त्यसैमा जाने उहाँले सार्वजनिक रुपमै भन्दै आएको र पार्टीभित्र सांसदहरुमा गुटबन्दी गरेको आरोप उहाँमाथि छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..