» » थारु पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न



चितवन, भदौ २५ गते । थारु पत्रकार सङ्घको राष्ट्रिय भेला ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

भेलाले थारु पत्रकारको हक अधिकार संरक्षणसहित पत्रकार महासङ्घमा थारु कोटा सुनिश्चित गर्नुपर्ने, कैलाली घटनाका निर्दोषलाई रिहाई गर्नुपर्नेलगायतका मागसहित नौ बुँदे घोषणापत्र जारी गरेको सङ्घका जिल्ला सल्लाहकार राजु चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ । ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ, त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस्’ घोषणापत्रमा उल्लेख छ ।

भेलाले पत्रकारको न्यूनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ ।

भेलाको बन्दसत्रमा सङ्घका महासचिव मदन चौधरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शैलेन्द्र चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच भेलाका क्रममा कैलालीका पत्रकार गणेश चौधरीलाई ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

पुरस्कारको राशि रु ११ हजार १११ छ । सतौन स्मृति ट्रष्टको पहलमा पुरस्कार स्थापना गरिएको थियो ।

पुरस्कारले आफूलाई पत्रकारितामा थप जिम्मेवार बनाएको सम्मानपछि पत्रकार गणेश चौधरीले प्रतिक्रिया दिनुभयो ।

देशका विभिन्न १० जिल्लाका थारु पत्रकार प्रतिनिधिको भेलामा सहभागिता रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..