» » फोरम नेपालले शंकर पोखरेल विरुद्ध मुद्दा दायर गर्ने


काठमाडौं भदौ २२ गते । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपाल कानुनी उपचारमा जाने भएको छ ।

सो पार्टीका नेता अभिषेक प्रताप शाहले रिट दायर गर्नका लागि कानुनी सल्लाह लिनरहनु भएको छ भने सोही पाटीृका युवा संगठनले प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।

हिजो विवादस्पद ट्वीट गरेका नेता पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिने पार्टीले जनाएको छ ।

समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीको नेतृत्वमा संगठनले महानगरी प्रहरी परिसर टेकुमा आज जाहेरी दर्ता गरिने भएको हो ।

नेता पोखरेलले मधेसी मोर्चाले असोज ३ लाई कालो दिन भनेर मनाउने निर्णय गरेको प्रति व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए ।

तर, उक्त ट्वीटले मधेसी जनताको भावनामा ठेस पुर्याएको भन्दै उनको ब्यापक आलोचना भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..