» » मधेशी मोर्चाले भोली अन्तिमपटक प्रचण्डलाई भेट्ने

काठमाडौ असोज १० गते । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सविधान संशोधन प्रस्तावमा किन ढिलाई ्गरेको भन्ने विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली अन्तिमपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्ने भएको छ ।

भदौ १९ गते काँग्रेस र माओवादीसँग भएको तीन बुँदे सहमति भएको दुई महिना हुन लाग्दा पनि सविधान संशोधनको कुनै प्रकृया शुरु नभएको भन्दै मोर्चाका नेताहरुले अपत्ति जनाएको छ ।  मोर्चाका नेताहरुले भोली अन्तिमपटक भेटेर सविधान संशोधनको विषयमा के गर्ने भनि जानकारी माग गर्ने  मोर्चाका एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराए ।

सविधान संशोधकनको प्रस्ताव बारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिएपनि हालसम्म कुनै पूरा नभएको भन्दै मोर्चाले यस बारेमा प्रधानमन्त्री प्रचण्डसँग ठोस कुरा गर्ने भएको छ ।

तमलोपाका पार्टीका कार्यालयमा आज बसेको मोर्चाको बैठकले सविधान संशोधन प्रस्तावको बारेमा जे जस्तो कुरा आएका छन् त्यसमा कुनै पनि सत्यता नरहेको ठहर मोर्चाको बैठकले गरेको छ ।

तीन बुँदामध्ये तेस्रो नम्बरको बुँदा आफूहरुले तत्कालै कार्यान्वयन गरेपनि सरकारको तर्फबाट कुनै पनि पूर्ण रुपमा कार्यान्वयन नगरेको दावी मधेशी मोर्चाका अर्को तराई मधेश लोकतान्त्रिक पार्टीका सहप्रवक्ता कृष्ण सिहले बताए ।

साथै तीन दलले जिल्ला विकास समितिले तय गरेको इलाकालाई नै आधारमा मानेर स्थानीय पुनः संरचना गर्ने सहमति गरेकोलाई मधेशी मोर्चाले नमान्ने निर्णय गरेको छ ।

२०२० सालमा गठन भएको इलाकाको विरुद्धमा यत्रो आन्दोलनपछि परिवर्तन आयो आज त्यसैलाई स्वीकार गर्न नसकिने मोर्चाले जनाएको छ । जनसँख्याको आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने मधेशी मोर्चाको माग रहेको नेता झाले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..