» » गुनासो गर्न तमलोपा पुगे गृहमन्त्रालय

काठमाडौं असोज ७ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा भएको लुटपाटमा संलग्नहरुलाई अझैसम्म कारवाही नभएको गुनासो गर्दै तमलोपाका नेताहरु गृहमन्त्रालय पुगेका थिए ।
वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीको संयोजकत्वमा गएको एक टोलीले एकजना राष्ट्रिय पार्टीका अध्यक्षको घरमा चोरी हुन्छ र अहिलेसम्म राज्य मौन रहन्छ त्यो नै शंकास्पद रहेको धारणा उपाध्यक्ष त्रिपाठीले राखेको बताइएको छ ।
गत भदौ २४ गते भक्तपुरको सानोठिमीस्थित निवासमा एक अज्ञात समूहले प्रवेश गरी लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा लुटेर समूहले अध्यक्ष ठाकुरकी छोरी डा.मिनाक्षी झालाई घाइते बनाएको थियो ।
आज बुझाएको ज्ञापनपत्रमा घटनाको १४ दिन वित्तिसक्दा पनि अपराधीलाई कानुनी घेरामा ल्याउनु त परै जओस् अपराध र अपराधी बारे कुनै पनि तथ्य सार्वजनिक गरेको छैन भनि उल्ल्ोख छ । यो घटनाले कानुन र व्यवस्थाको प्रभावकारिता तथा सरकारको गम्भीरतामाथि प्रश्न खडा भएको दावी गर्दै दोषीलाई पत्ता लगाई कारवाही गर्न माग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..