» » प्रधानाध्यापकसँग फिरौती रकम मागेको आरोपमा दुई जाना पक्रउर


राकेश यादव

रौतहट भदौ २१ गते । रौतहट नेमधारी उच्च मा.वि.मुडवलवाका प्रधानाध्यापक रविशंकर यादवलाई फोनगरी फिरौती रकम माग्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

फोन गरी तत्काल ५० लाख नदिएमा जान मार्ने, विद्यालय र विधार्थीहरु बस्ने होस्टल समेत उडाइ दिने धम्की आएपछि रविशंकर यादवले प्रहरीमा उजुरी दिएका थिए । अभियुक्तहरुले आफू खतरनाक अपराधी भएको, आफनो समुह ठूलो रहेको, नेपाल र भारतमा दुवैतर्फ आफ्नो प्रभाव रहेको आफूलाई कसैले केही गर्न नसकिने भन्ने जस्ता धम्की यादवलाइ दिइएको छ ।

प्रधानाध्यापकलाई धम्की दिने दुई फोन न.९८४५९६६९९० र ९८४५९७३१७२ नम्बरको

मोबाइलबाट सो धम्कीसँगै प्रधानाध्यापकको दिनचार्य समेत बताएर उनी कहाँ कति बेला के

गर्दै गरेको तथा स्थानको समेत जानकारी दिएपछि यादव त्रसित भएर प्रहरी शरणमा पुगेका

थिए । रौतहट प्रहरीले सो कुराको जानकारी पाउने वितिकै प्रधानाध्यापक, विद्यालय, छात्रावास र

विद्यार्थीको सुरक्षाको दिएर अनुसन्धानलाई अघि बढाएको थियो ।

प्रहरीले सो क्रममा रौतहट मुडवलवा गाविस ३ बस्ने वर्ष २७ का मुन्ना कुमार यादव र वगही

गाविस वाड न.३ वस्ने वर्ष ३९ को अवधलाल महतोलाई प्रहरीले पक्राउर गरेको छ ।

पक्राउ परेका ति दुई जानाको साथबाट फोन बरादम गरेको छ जुन फोनबाट प्रधानध्यापमक

यादवलाई धम्की दिएको थियो । पक्राउ गर्न सफल भएका छन । अनुसन्धानको क्रममा

अभियुक्तहरुले सिम लिँदा पेस गरेको नागरिकताको प्रतिलिपी किर्ते रहेको बुझिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..