» » भिट्ठामोड जनकपुर सडक संयुक्त संघर्ष समिति द्वारा ग्यापन !!


माननीय मन्त्री ज्यू,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरवार, काठमाण्डौ ।
महोदय,
भिठ्ठामोड–जनकपुर सडक(विद्यपति राजमार्ग) निर्माणकालागि सर्वदलीय÷सर्वपक्षीय “महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति”को जारी आन्दोलन पश्चात यहाँले भिठ्ठामोड–जनकपुर सडकलाई ४(चार) लेनको सडकको शिलान्यास गर्न आउनुभएको कुरालाई संघर्ष समितिले साकारात्मकरुपमा लिएपनि आफूहरुको ६(छ) लेनको सडक निर्माणको मांग भन्दा रतिभर पछि हटेको छैन भन्ने कुरा यहाँलाई ज्ञात गराउन चाहन्छौ ।
मन्त्री ज्यू,
प्रतिवर्ष ७० देखि ८० करोड सरकारलाई राजश्व बुझाउने भिठ्ठामोड भन्सारको प्रमुख मार्गकोरुपमा रहेको यस सडक, जुन ६(छ) लेनको सडककोरुपमा पास भई जनताबाट जग्गा अधिग्रहण समेतगरी विगतमा टेन्डर भइसकेतापनि, यसलाई हाल ४(चार) लेन र वर्चश्ववाला मन्त्रीको निर्वाचन क्षेत्रभित्र रहेको जटही–जनकपुर सहायक सडकलाई ६(छ) लेनको सडक निर्माण हुनुलाई हामीले, यहाँको जनतामाथिको भेदभाव र यस जिल्लाको समुचित विकासको अवरोधकको रुपमा लिंदै भिठ्ठामोड–जनकपुर सडकलाई ६(छ) लेनकै बनाउनु पर्ने न्यायोचित माँगलाई जारी राख्ने निर्णय गरेका छौं ।
श्रीमान,
भिठ्ठामोड–जनकपुर सडकलाई ६(छ) लेनको सडक बनाउनुका साथै निम्न बुँदाहरुमा सरकारले संघर्ष समितिसँग ठोस र पत्यारिलो सम्झौता नगरे वाध्यतावस आन्दोलन जारी रहने यहाँलाई जानकारी गराउन चाहन्छौ ।
२. सडक गुणत्मकरुपमा निर्माण गर्न÷गराउन अनुगमन समिति गठन गर्नुपर्ने ।
३. सरकारले एकातर्फ १४ किलोमिटरको सडक(तिनकुने–सुर्यविनायक)को निर्माण एकवर्ष भित्र सम्पन्न गर्ने तथा भिठ्ठामोड–जनकपुर जस्ता आर्थिक, पर्यटकीय र अनतर्राष्ट्रिय महत्वको सडकलाई कछुवा गतिमा ३० महिना लागाउनुको साटो १५(पन्ध्र) महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने ।
४. २०७३ को महान चाड विजया दशमी प्रारम्भ हुनु भन्दा अगाडि भिठ्ठामोड–जनकपुर सडकलाई पूर्ण मरम्मत गर्नुपर्ने ।
५. सडक निर्माणको ठेक्का पाएका मुख्य निर्माण व्यवसायीलेनै कार्य गर्नुपर्ने, पेटी कन्ट्रयाक्टरले बनाउन नपाउने ।
मन्त्री महोदय,
संघर्ष समितिको यी माँगहरुलाई नेपाल सरकारले सम्झौता मार्फत समाधान नगरिए घोषित संघर्षको कार्यक्रम निरन्तर जारी रहने व्यहोरा समेत निवेदन गर्न चाहन्छौ ।
राम कुमार शर्मा
अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद
तथा संयोजक
संयुक्त संघर्ष समिति

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..