» » हात, खुट्टा र टाउको अलग अलग गरि क्रुर हत्या गरेको आरोपमा तीनजना पक्राउ


मोरगं भदौ २२ गते । विराटनगर १३ स्थित तीनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका सुनसरी औरावनीका विनोद यादवको हत्यामा संलग्न तीनजना पक्राउ परेको छ ।

प्रहरी स्रोत अनुसार हत्यामा संलग्न चारजनामध्ये तीन जना राती पक्राउ परेका हुन् ।

२१ वर्षका यादवलाई ठूलो शरीरबाट टाउको र दुवै खुट्टा काटेर अलग पारी हत्या गरिएको थियो ।

ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको थियो ।

जगदिश यादवको छोरा विनोद केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए। घरपट्टी श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो ।

घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा जानु भएको थियो ।  हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका थिए ।

‘त्यही प्रकृतिले यादवको हत्या गरिएको छ,’ हत्या अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भन्ने, ‘यस्तो क्रूर हत्या मैले देखेको थिइँन्।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले अहिले त्यो घरलाई सिल गरेर हत्याको अनुसन्धान गरिरहेको छ। घरबाहिर ठूलो संख्यामा सर्वसधारणको भीड छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राति यादवको कोठामा ऊसँगै अरुपनि व्यक्ति रहेको देखिन्छ । ‘बियरका केही बोतलहरु भेटिएको छ,’ ती प्रहरी अधिकृतले भन्ने,  ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन।’

छिमेकी श्यामबहादुर सिंहका अनुसार बिहान ५ बजे टाटा सुमो गाडी घरभित्र देखिएको बताउनुभयो ।  ‘घरभित्रै गाडि देखिएपछि मैले घरपट्टि आएको होला भन्नठाने,’ सिंहले भन्नुभयो, ‘एकैछिनमा त्यो गाडि फेरि त्यहाँबाट गायब भयो।’


स्रोतका अनुसार बोरामा बाँधिएको अवस्थामा लाश देखेपछि गाडीका चालकले नै हत्याबारे प्रहरीलाई खबर गरेको थियो । युवाहरुले बोरामा राखिएको लास राख्न खोज्दा चालकले बोरामा के छ, सोध्दा युवाले तिमीलाई पैसासँग मतलब छ नि जे छ हाल न भन्दा चालकले बोरा नलिएर त्यहाँबाट निस्केर प्रहरीलाई खबर गर्नुभएको थियो ।
चालकले गाडी लिएर बाहिर निस्केपछि युवाहरुले डराएर ती बोरा घरमै छाडेर भागेका थिए

मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भन्डारीले विजयको हत्याको अनुसन्धान तीव्र पारिएको बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..