» » चिकित्सा शास्त्र अध्ययन संस्थानमा भोलीदेखि तालाबन्दी


काठमाडौ असोज १ गते । चिकित्स शास्त्र अध्ययन संस्थानले समावेशी समानुपातिक आधारमा आरक्षणको व्यवस्था गर्ने सर्वोच्च अदालतको निर्णयलाई वेवास्ता गरेको भन्दै १३ विद्यार्थी संगठनले त्यसको विरोधमा आन्दोलन गर्ने भएको छ ।

आज तराई मधेश विद्यार्थी फ्रन्टको कार्यालयमा बैठक बसी संस्थानको त्यस्तो निर्णयलाई विरोध गरेको छ । संस्थानले हिजो सूचना जारी गरी विभिन्न बहानामा यससत्रमा समानुपातिक समावेशी सिद्धान्त लागु गर्न नहुने नियत देखिएको ठहर गर्दै विद्यार्थी संगठनहरुले त्यसको विरोध गरेको छ ।

संस्थानको त्यस्तो निर्णयको विरोधमा संस्थानको कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले जानकारी गराउनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..