» » आगलागीमा आठ घर जले



राजविराज, भदौ ३० गते । सप्तरीको रामपुर मलहनिया –६ मा आज आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आगलागीवाट रु १० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीय सुफलाल यादवको गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले उनको एउटा घरसहित छिमेकी भूपेन्द्र यादव, जुद्धलाल यादव, प्रकाश यादव, विनोद यादव, हरी नारायण यादव, खटर यादव र मधुनारायण यादवको एक÷एक गरी आठवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, अन्नपात, लताकपडा नगद जिन्सी गरी रु १० लाख लाखभन्दा बढीको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

स्थानीयवासीको सहयोगमा प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..