» » बलात्कारको अभियोगमा प्रहरी पक्राउ



धनगढी, असोज ७ गते । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको बताउनुभयो ।

स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..