» » वीरगञ्जमा पनि जलायो सविधान


वीरगंंज आश्विन ३ गते । नेपाल सरकारले जारी गरेको २०७२ को संविधानलाई सरकारमा रहेका ठूला दल एवं विपक्षी राजनितिक दलका नेताहरुले मधेश र मधेशी, जनजाति, अल्पसंख्यक लगायतका वर्गहरुको हकहितमा संविधानमा संशोधन गर्ने कार्यमा ढिलाई गरेको बिरोधमा सविधान जलाएको छ ।
नेपाल समाजवादी पार्टी (लोहियावादी), तराई मधेश राष्ट्रिय अभियान, नेपाल सदभावना पार्टी (गजेन्द्र), युनाईटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी, युवा नेपाल पार्टी, बहुजन समाज पार्टी, लोकतान्त्रिक पार्टी नेपाल, मधेश तराई फोरम पार्टी, सोसल रिपब्लिकन पार्टीका नेता तथा कार्यकर्ताहरुले आज वीरगंजको महाविर मन्दिर अगाडी १५ मिनेट मुख्य सडक अवरोध गरी २०७२ को संबिधानका प्रतिलिपी जलाएर बिरोध गरेका छन ।
    उक्त बिरोध कार्यक्रममा मधेशी ९ पार्टीका प्रमोद कुमार, नन्दु यादव, केदार साह तेली, संदिप गुप्ता, राजकिसोर साह, जलेश्वर साह, श्याम बाबु प्रसाद, चन्देश्वर साह, धन्जिव मिश्रा, संजय सर्राफ, पुष्पा पाण्डे, नविन प्रकाश , प्रमोद सिहं, मुना सोनी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कुरा नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्ष नन्दन यादवले स्थानिय संचारकर्मीहरुलाई जानकारी गराउनु भएको छ ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..