» » प्रचण्डको अमेरिका भ्रमण स्थगित गराउन मधेशी मोर्चा सफल



काठमाडौ असोज २ गते । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिएर रोक्न सफल भएको छ ।

असोज २ गत भारत भ्रमणबाट फर्किएलगत्तै मोर्चाले देशभित्रको समस्या समाधान गर्नका लागि प्रचण्डलाई दवाव दिएका थिए ।

भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने आश्वासन दिनु भएको थियो ।

भारत भ्रमणमा जानु अघिल्लो दिन बुधबार प्रधानमन्त्री प्रचण्डले प्रक्रिया अगाडि बढाउन केही प्राविधिक समस्या रहे पनि भारत भ्रमणबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

स्रोतका अनुसार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धताअनुसार अमेरिका भ्रमण स्थगित गर्न मोर्चाले दवाव दिएका हुन् ।

यो कुराको पुष्टि प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव जोखबहादुर महरा पनि गर्नुभएको छ । उहाँले आन्दोलनकारीको माग तथा आमजनताको चाहना अनुसार प्रधानमन्त्रीले भ्रमण स्थगित गर्नुभएको बताउनुभयो ।

सविधानमाथि असन्तुष्टि जनाउँदै मधेशी आदिवासी जनतातिहरु असन्तुष्ट छन् त्यस अवस्थामा विदेश भ्रमणमा जानु राम्रो नभएको कारणले स्थगित भएको महराले जनाउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..