» » सघीय गठबन्धनले गरेको निर्णयहरु यस्तो छ

 
सङ्घीय गठबन्धन
                                                     
प्रेस विज्ञप्ति

संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको मिति २०७३ भाद्र १९ गते गठबन्धनका संयोजक माननीय श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकले निम्नानुसार निर्णय गरेको छ । 

(१) विरोधका कार्यक्रमहरु :
(क) २०७३ असोज २ गते त्रुटिपूर्ण संविधान विरुद्ध कालो दिवस मनाउन प्रचार प्रसार गर्ने । 
(ख) २०७३ असोज ३ गते विहान गाविस, नगरपालिका र सदरमुकाममा कालो झन्डा गाड्ने, दिउँसो कालो झन्डा व्यानरसहित विरोध प्रदर्शन गरी कोणसभा गर्ने र बेलुका ७.३० देखि ८.०० सम्म विरोध स्वरुप प्रत्येक घरमा बत्ति निभाई संविधानलाई ब्ल्याक आउट गर्ने । काठमाडौंमा दिउँसो २.०० बजे शान्ति बाटिकामा जम्मा भई कालो झन्डा व्यानर सहित विरोध प्रदर्शन गरी कोण सभा गर्ने । 
(ग) २०७३ असोज ४ गते सबै जिल्लाका सदरमुकामहरुमा शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्ने । 
(२) संविधान संशोधन सम्बन्धमा ड्राफ्टिङ कमिटि गठन :
संघीय गठबन्धनका नेता माननीय लक्ष्मण लाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन ड्राफ्टिङ कमिटि गठन गरिएको छ । माननीय लालबाबु राउत, बृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, मा. गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेम बहादुर खाती, शिल्पीको तर्फबाट एक जना, प्रादेशिक मोर्चाहरुको तर्फबाट एक जना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन ड्राफ्टिङ कमिटि गठन गरिएको छ । २०७३ भाद्र १९ गते                                  
......................                                                                                
उपेन्द्र यादव

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..