» » दुईको मृत्यु


राजविराज, भदौ २८ गते । सप्तरीमा आज भएको छुटाछुटै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर विषहरीया–६ का ४० वर्षीय विजेन्द्रप्रसाद ठाकुरको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर भएका ठाकुरलाई उपचारका लागि तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै लालापट्टी–९ का ५५ वर्षीया बेचनीदेवी मण्डलको सर्पदंशबाट मृत्युभएको छ ।

उनलाई घाँस काट्ने क्रममा खेतमा विषालु सर्पले टोकेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..