» » असोज ३ गते कालो दिन र ब्लाक आउट किन ?

-मृत्युञ्जय कुमार झा 
शहिदको रगतले रक्त रन्जित संविधान पुर्न रुपमा अस्विकार गर्न र बहुसँख्यक जनताको पहिचान सहितको संविधान स्थापित गर्न

१.समानता मुखले होइन ब्यवहार र संविधानमा स्थापित गर्न

२.समावसी मात्र होइन समानुपातिक समावेसी संबिधानको धाराहरुमा लेखन दवाब दिन (राज्यको सबै अंग र तहमा)

३.सिमाङ्कन राज्य पुनर्संरचना आयोगले ल्याएको ११ प्रदेसको अवधारणा अनुसार गर्न दबाब दिन (जस्ले बहुजातीय रास्ट्रयता र पहिचानलाइ समेटन सक्छ)

४.सबै खाले नस्लवादी षडयन्त्रहरु को अन्त गर्न

५.एकल जातिय बर्चस्व, भाषा, भेषलाई आधार मानेर राज्यको पुनर्संरचना गर्ने नस्लवादी शासकीय मानसिकता मा पुर्नबिराम लगाउन

६.समान जनसँख्याको आधारमा प्रतिनिधित्व गर्ने राज्यको सबै तहमा निर्वाचन क्षेत्र कायम गर्न दबाब दिन (कहिँ ५००० र कहिँ ५००००० होइन)

७.प्रचण्ड सरकारले गठबन्धनसँग गरेको तीन बुँदे सहमति तत्काल कार्यान्वयन गर्न दबाब दिन

८.हाम्रो माग सम्बोधन नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ र जारी छ

९.२०७३–०६–३ गते देशका सबै जिल्लामा कालो दिवस, ब्लाक आउट तथा गाबिस र नगरपालिकाहरुमा कालो झणडा गाड्ने र कालो झणडा ब्यानर सहित सबै जिल्लाका सदरमुकामहरुमा बिरोध प्रदर्शन गर्ने गठबन्धन ले निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न गराउन

१०.अधिकार प्राप्तिको संघर्षमा शहादत प्राप्त गर्नु भएका माहान शहिदहरुको यादमा असोज ४ गते सबै जिल्लाका सदरमुकामहरुमा श्रद्धान्जली सभा गरि थप उर्जा प्राप्त गरि संगठित भइ आन्दोलनकालागी तैयार रहन

११.मुलुकको भावनात्म एकीकरण गर्दै सम्पुर्ण उत्पीडनबाट मुक्ति दिलाउन र पहिचान सहितको संघिय गणतन्त्र नेपाल स्थापित गर्न 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..