» » शान्तिमन्त्री सितादेवी मुल समारोहका संयोजक


काठमाडौँ, भदौ २६ गते । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले यसवर्षको शान्ति दिवस मनाउनका लागि शान्ति मन्त्री सीतादेवी यादवको अध्यक्षतामा शान्ति दिवस मूल समारोह समिति गठन गरेको छ ।

उक्त समितिका सदस्यमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि, शान्ति मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य रहनुभएको सोही मन्त्रालयका प्रवक्ता एवम् नवगठित समितिका सदस्यसचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

समितिले मुलुकमा शान्ति प्रवद्र्धनका लागि अन्तक्र्रिया गर्नुका साथै मन्त्रालय स्थापनापछिका १० वर्षे गतिविधि समेटेर ‘शान्ति’ स्मारिका प्रकाशित गर्नेछ ।

पाँचै विकास क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी पाँच जिल्लाका उत्कृष्ट स्थानीय शान्ति समितिको छनोट तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सोही मन्त्रालयका सूचना अधिकारी देवबहादुर अधिकारीले बताउनुभयो ।

सन् २००२ देखि अन्तर्राष्ट्रिय तहमा प्रत्येक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइने गरेको छ भने नेपालमा सन् २००७ ९विसं २०६४० देखि मनाउन थालिएको हो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..