» » प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको दुईघण्टामा नै प्रकृया शुरु


काठमाडौ भदौ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनकपुर जलेश्वर, भिट्ठामोड सडकखण्ड निर्माण कार्य तत्काल शुरु गर्न निर्देशन सम्बन्धित निकायलाई दिनुभएको छ ।

पुर्व मन्त्री गिरिराजमणि पोखरेल सहित माननीय सांसदहरु निशा साह र लालेन्द्र मण्डल सहित धनुषा र महोत्तरीका माओवादी केन्द्रका नेताहरु श्रवण यादव, राजु खड्का, विदुर कार्की, रामआधार कापर, मदन अर्याल, रजि हैदर, काशी महतो, जिवछ चौधरीलगायतका नेताहरुको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउदै उक्त सडक तत्काल निर्माण गर्न माग गरेपछि प्रधानमन्त्री प्रचण्डले भौतिक निर्माण तथा यातायात मन्त्री लेखक तथा गृहमन्त्री एवम धनुषाका साँसद विमलेन्द्र निधीलगायत सरोकारवाला अधिकारीहरुसँग समन्वय गरि उक्त सडक तत्काल निर्माण शुरु गर्न, ठेक्का समझौता गर्न निर्देशन दिनु भएको छ ।

सांसद निशा साहका अनुसार प्रधानमन्त्रीको निर्देशन दुई घन्टा नबित्दै आजै सो सडकको ठेक्का सम्झौता समेत भएको सडक विभागले जनाएको छ ।

धार्मिक पर्यटनको महत्त्व बोकेको १७ कि.मि. लामो उक्त सडक पार गर्न करिब दुई घन्टा लाग्ने गरेको छ भने करिब १० वर्षदेखि सडकको अवस्था उस्तै जिर्ण छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..