» » भारतीय नम्बर प्लेट ट्याङ्करको ठक्करले एक वृद्धको मृत्यु


मोरङ, भदौ २० गते । मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को १३ प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी ११ ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि न्युरो अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याङ्करलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..