» » धनुषा प्रेस सेन्टरको अध्यक्षमा दीपेन्द्र सिह


धनुषा, भदौ २४ गते ।  प्रेस सेन्टर शाखा धनुषाको एकता भेला तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

माओवादी केन्द्र निकट रहेका पत्रकारहरुको संगठन प्रेस सेन्टरको जिल्ला भेला हिजो जनकपुरमा सम्पन्न भएको हो ।

भेलाले दिपेन्द्र सिंहको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन गरिएको हो ।

समितिका वरिष्ट उपाध्यक्षमा रामएकवाल महरा , उपाध्यक्षमा दीपक कुमार मिश्र र ज्योती झालाई चयन गरिएको छ । यस्तै सचिवमा गोविन्द महतो , सह सचिवमा प्रतिभा झा र राजेश सक्सेना , कोषाध्यक्षमा नेहा झा छन् ।

त्यस्तै सदस्यहरुमा जितेन्द्र सिंह , अमरेन्द्र कुमार यादव , सुदीप कुमार शर्मा , अनिल कुशवाहा , राजेश महतो र गोविन्द ठाकुरलाई चयन गरिएको जनाएको छ ।

यस्तै सल्लाहकार समितिमा सेन्टरका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष अनिल मिश्र , संजिव मण्डल, दीपक कर्ण, विनोद महतो छन् ।

भेला सेन्टर प्रदेश नं. २ का सहसंयोजक शैलेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेलामा अतिथिका रुपमा प्रदेश नं. २ का ईन्चार्ज एसवी थापा ,प्रदेशका संयोजक देवाराम यादव ,सेन्टरका केन्द्रिय सचिवालय सदस्य किरण कुमार कर्ण  माओवादी केन्द्रका केन्द्रिय सदस्य दीपक यादव, वरिष्ट पत्रकार तथा सेन्टरका केन्द्रिय सल्लाहकारहरु हुनुहुन्थ्यो ।

यस अघि गएको श्रावण २७ गते सेन्टर धनुषाको एकता भेला तथा अधिवेशनको सयम रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..