» » अवैध समान बरामद


उर्मिला यादव
परासी, भदौ ३० गते  । अवैध रुपमा भन्सार छलेर परासी भित्र्याउँदै गरेको तीनलाख बराबरका भारतीय सामाग्रीलाई सशस्त्र प्रहरी बल (बिओपी) हरपुरको गस्ती टोलीले बरामद गरेको छ ।

बिओपीका सशस्त्र प्रहरी निरीक्षक सुदिप रेग्मीका अनुसार बरामद भएका सामाग्रीमा सुटिङ्ग सटिङ्गका कपडा र भाडाकुँडा छन् ।

भारतको ठूठीबारीबाट परासीतर्फ लैजानका लागि साईकलमा ल्याउँदै गरेको उक्त सामाग्रीलाई रमवापुरबाट बरामद गरिएको रेग्मीले बताए  । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट कपडाको अवैध कारोबार बढ्न थालेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ । बरामद भएका सामाग्रीहरु आन्तरिक राजश्व कार्यालय बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..